दशैं मनाउन ५ लाखभन्दा बढीले राजधानी काठमाण्डौ छोडेका छन्। काठमाण्डौ ट्राफिक कार्यालयका अनुसार घटनास्थापनादेखि हालसम्म ५ लाख ६ हजार मानिसले सडक यातायातमार्फत काठमाण्डौ छोडेका छन्।
यात्रुलाई सहज बनाउन ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ। यात्रा सुविधामा सुधार ल्याउन ट्राफिक प्रहरीले बढी मूल्यमा टिकट बिक्री, कालोबजारी र यात्रुलाई अनावश्यक सास्ती दिने कार्यमा संलग्नलाई कारबाही गरिरहेको छ।
दशैंमा घर जान चाहने यात्रुहरु बिहानैदेखि बसपार्कमा लामबद्ध हुन थालेका छन्। टिकट सकिएपछि अतिरिक्त बसमा यात्रा गर्न यात्रुहरु बिहानैदेखि काउन्टरमा पुग्ने गरेका छन्। यस वर्ष बाढीपहिरोका कारण सडक यातायात प्रभावित हुँदा हवाई यात्रा गर्ने यात्रुहरुको संख्या पनि उल्लेखनीय रूपमा बढेको छ।














![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया