थ्रिस्टार हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक ६ गते
थ्रिस्टार हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

थ्रिस्टार हाइड्रोपावर लिमिटेडले आफ्नो हालको चुक्ता पूँजीको शतप्रतिशत (१००%) हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ।

कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले १:१ अनुपातमा सेयर जारी गर्ने निर्णय गरेको हो। हकप्रदबाट उठेको रकममध्ये ३४ करोड २५ लाख ऋण भुक्तानीमा र बाँकी १५ करोड माथिल्लो भुरुण्डी ए जलविद्युत आयोजनामा लगानी गरिनेछ।

विद्युत नियमन आयोगबाट स्वीकृति प्राप्त भएपछि, कम्पनीको आगामी वार्षिक साधारणसभाले यस निर्णयलाई पारित गर्दै हकप्रद निष्कासन प्रक्रिया अघि बढाउनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स