तिहार नजिकिएसँगै भाइमसलाको मुल्य बढेको छ, र प्रमुख चोकदेखि गल्लीसम्म ड्राइफ्रुटका अस्थायी पसलहरू खुल्न थालेका छन्। नेपाल खुद्रा व्यापार संघका अनुसार, यस वर्ष विभिन्न प्रकारका ड्राइफ्रुटको मूल्य १० देखि २५ प्रतिशतसम्म बढेको छ।
यस वर्ष काजुको मूल्य प्रतिकिलो २,२०० देखि २,५०० रुपैयाँसम्म, किसमिस ६०० देखि ७०० रुपैयाँ, आलमण्ड १,६०० देखि १,७००, छोकडा ५०० देखि ५५०, पेस्ता २,००० देखि २,२००, र नरिवल ६०० देखि ७०० रुपैयाँ रहेको छ।
बजारमा काजुको मूल्य गत वर्षको तुलनामा २५ प्रतिशत, आलमण्डमा २० प्रतिशत र अन्य ड्राइफ्रुटमा १० प्रतिशतले बढेको छ। तिहारदेखि भाइटिकासम्म ड्राइफ्रुटको व्यापारमा ८० प्रतिशत कारोबार हुने गर्दछ, जबकि बाँकी २० प्रतिशत वर्षभरिमा व्यापार हुन्छ।
भन्सार विभागका तथ्यांकअनुसार, चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १,५२,६४,१८,००० रुपैयाँ बराबरको १ करोड ४८ लाख २९ हजार ९ सय ६३ किलो ड्राइफ्रुट आयात गरिएको छ। गत आर्थिक वर्षमा २,७२,०७,००,००० रुपैयाँ बराबरको २ करोड २ लाख २४ हजार ८ सय ५३ किलो आयात भएको थियो।












![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)



प्रतिकृया