डोनाल्ड ट्रम्पको अमेरिकी राष्ट्रपतिको जितसँगै बिटक्वाइनको मूल्य ८० हजार अमेरिकी डलरले उचालिएको छ। चुनाव प्रचारमा ट्रम्पले अमेरिकालाई विश्वकै क्रिप्टो राजधानी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। यससँगै बिटक्वाइनलगायत डोजक्वाइनजस्ता अन्य क्रिप्टोकरेन्सीको मूल्यमा पनि वृद्धि भएको छ, जसमा एलन मस्कको समर्थनले पनि भूमिका खेलेको मानिन्छ।
ट्रम्पले क्रिप्टोकरेन्सीलाई प्रोत्साहन गर्ने धारणा व्यक्त गर्दै आएका छन्, जसका कारण यस क्षेत्रमा फस्टाउने अपेक्षा गरिएको छ। यसअघि बाइडेन प्रशासनले कडा नीति लिएको थियो, जसले क्रिप्टो उद्योगलाई प्रभाव पारेको थियो। अब ट्रम्पको नयाँ प्रशासनले क्रिप्टोमा बढी लचकता ल्याएमा बिटक्वाइनको मूल्य १ लाख डलर नाघ्न सक्ने अनुमान गरिएको छ।
तर, क्रिप्टोको सुरक्षासम्बन्धी चुनौती तथा ठगीका घटनाले यसलाई कानुनी मान्यता दिन केही देशहरू हिचकिचाइरहेका छन्।










![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-768x432.png)





![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया