आइसीसी टी-२० विश्वकप अन्तर्गत आज एक खेल हुदै छ । आज समुह ए अन्तर्गत भारत र आयरल्याण्डबीच खेल हुदै छ ।
न्यूयोर्कस्थित नस्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८: १५ बजेदेखि शुरु हुने छ ।
यस विश्वकपमा दुवैको यो पहिलो खेल हो । टी-२० खेलमा आयरल्याण्डले अहिलेसम्म भारतलाई पराजित गर्न सकेको छैन । अहिलेसम्म दुवैबीच ७ खेल भएको छ, जसमा सबै खेल भारतले जितेको छ ।
समुह ए मा रहेको अमेरिकाले आफ्नो पहिलो खेल जितेको छ भने क्यानडा पराजित भएको छ ।
#bajarkochirfar










![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)



प्रतिकृया