आइसीसी टी-२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाले विजयी सुरुवात गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको हो ।
क्यानडाले दिएको १९५ रनको लक्ष्य पछाएको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । अमेरिकाका लागि एरोन जोन्सले अविजित ९४ र आद्रिज गोउसले ६५ रन बनाएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले २० ओभरमा ५ विकेट गुमाउदै १९४ रन बनाएको थियो । क्यानडाका लागि नवनीत धालिवालले सर्बाधिक ६१ र निकोलस क्रितोनले ५१ रन बनाएका थिए । त्यस्तै श्रेयस मोभ्भाले १६ बलमा ३२ रन अविजित बनाएका थिए ।
यो जितपछि समुह ए मा रहेको अमेरिकाले २ अंक हासिल गरेको छ ।
अब अमेरिकाले दोस्रो खेल जुन ६ मा पाकिस्तानविरुद्ध खेल्ने छ भने क्यानडाले दोस्रो खेल जुन ७ मा आयरल्याण्ड विरुद्ध खेल्ने तालिका रहेको छ ।
#bajarkochirfar










![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)



प्रतिकृया