instainsta

चुक्ता पूँजी पुर्‍याउन युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ ११ गते
चुक्ता पूँजी पुर्‍याउन युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने
AdvertisementAds

युनाइटेड अजोड इन्स्योरेन्सले १५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको जेठ ९ गते बसेको संचालक समितिको बैठकले चुक्ता पूँजी पुर्याउन हाल कायम चुक्ता पूँजीको १००ः१५ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्ताव नियामक नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको साधरणसभाबाट पारित गरेपछि निष्काशन प्रक्रिया अघि बढ्ने छ । बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ । हाल यस कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । हकप्रद र बोनस सेयर वितरण गरी कम्पनीले  २ अर्ब ४१ करोड ५० लाख चुक्ता पूँजी पुर्‍याउने लक्ष्य लिएको छ ।

#BajarkoChirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स