घोराही सिमेन्टका श्रमिकहरुले न्यूनतम ज्याला नपाएको भन्दै गरे आन्दोलन

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार १६ गते
घोराही सिमेन्टका श्रमिकहरुले न्यूनतम ज्याला नपाएको भन्दै गरे आन्दोलन

राष्ट्रिय पर्वको रुपमा मनाइने धान दिवस अर्थात असार १५ गतेको दिन ( हिजो ) सरकारले तोकेको न्यूनतम ज्याला नपाएको भन्दै घोराही सिमेन्ट उद्योगका श्रमिकले दाङमा प्रदर्शन गरेका छन् । श्रमिकहरूले शनिबार घोराही उपमहानगरपालिकाको गोग्लीस्थित घोराही सिमेन्ट उद्योग मूल गेटमा प्रदर्शन गरेका हुन् ।

नेपाल स्टक एक्सचेञ्जमा समेत सूचीकृत घोराही सिमेन्ट उद्योगले त्यहाँ कार्यरत सयौं श्रमिकहरुलाई वर्षौदेखि बीचमा श्रमिक सप्लायर्स कम्पनी खडा गरी सरकारले तोकेको न्यूनतम ज्यालामा ठगी गर्दै आएको आरोप छ ।प्रदर्शनकारी मजदुरहरूले सरकारले दैनिक ६६८ रुपियाँ न्यूनतम ज्याला तोकेको भएपनि उद्योगले बीचमा श्रमिक सप्लायर्स कम्पनी खडा गरी वर्षौंदेखि प्रतिव्यक्ति प्रतिदिन २०० रुपियाँसम्म ठगी गरेको बताएका छन् ।

श्रमिकहरूले न्यूनतम पारिश्रमिक, बैंक खातामा तलब भुक्तानी, सामाजिक सुरक्षा कोष र वातावरण संरक्षण जस्ता माग राखेका छन् । सिमेन्ट उद्योगका श्रमिकहरुले आफ्ना माग पूरा नभए अझ कडा आन्दोलन गर्ने र उद्योगमा ताला लगाउनेसम्मको चेतावनी समेत दिएका छन् ।

#Bajar ko chirfar   #Bazarko chirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स