बिहीबार अडानी समूहका कम्पनीहरूले २६ अर्ब अमेरिकी डलर बराबरको बजार पुँजीकरण गुमाएका छन्। अमेरिकी न्याय विभागले अडानी समूहका अध्यक्ष गौतम अडानीमाथि २५० मिलियन अमेरिकी डलर घूस दिएको आरोप लगाएपछि कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको हो।
अमेरिकी न्याय विभागका अनुसार अडानी ग्रीन एनर्जीले भारतका विभिन्न क्षेत्रमा सोलार ऊर्जा परियोजनाका ठेक्काहरू जित्न घुस दिएको थियो। यी भुक्तानीहरू एक्सेल र पावरपोइन्टजस्ता कागजातहरूमा ट्र्याक गरिएको दाबी गरिएको छ।अडानी समूहले भने यी आरोपहरूलाई “निराधार” भन्दै अस्वीकार गरेको छ। कम्पनीले आफ्ना साझेदार, लगानीकर्ता, र कर्मचारीहरूलाई आफू पूर्ण रूपमा कानूनको पालना गर्ने संस्था भएको दाबी गर्दै आश्वासन दिएको छ।अमेरिकी अधिकारीहरूको आरोप अनुसार अडानी ग्रीन एनर्जीले अमेरिकी लगानीकर्ताहरूबाट १७५ मिलियन डलरभन्दा बढी रकम उठाएको थियो। तर, लगानीको समयमा गरिएको घूसबारे कुनै जानकारी नदिएको आरोप लगाइएको छ।
पछिल्लो समयमा अडानी समूह विवादमा परेको यो पहिलो पटक भने होइन। यसअघि, हिन्डनबर्ग रिसर्चले अडानी समूहमाथि आर्थिक हेराफेरिको आरोप लगाएको थियो। तर, भारतीय सर्वोच्च अदालतले यी आरोप पुष्टि गर्न कुनै प्रमाण नभएको बताएको थियो।यी घटनाहरूका कारण अडानी इन्टरप्राइजेज, अडानी पोर्ट्स, र अडानी ग्रीन एनर्जीका शेयरमा भारी गिरावट आएको छ। फोर्ब्सका अनुसार, गौतम अडानीको सम्पत्ति $१२ अर्बले घटेर $५८ अर्बमा झरेको छ। केही दिनअघि मात्रै उनले अमेरिकी ऊर्जा क्षेत्रमा $१० अर्ब लगानी गर्ने घोषणा गरेका थिए।












![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया