घरजग्गा अझै १/२ वर्ष बढ्दैन, सेयर डबल हुन्छ; अहिले सेयर किन्नेले छोटो समयमा कमाउछ

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार २३ गते
AdvertisementAds

बजारको चिरफारको पोड्कास्ट ‘अब के हुन्छ ?’ मा विगत दुई दशक देखि रियल स्टेट र सेयरबजार दुवै क्षेत्रमा राम्रो अनुभव बोकेका नवराज घिमिरेसंग कुराकानी गरेका छौं।

यो पोडकास्टमा रियल स्टेट र सेयर मार्केटको भविष्यका साथै कुन क्षेत्रमा लगानी गर्दा उपयुक्त हुने जस्ता विविध विषयमा छलफल गरेका छौं। घिमिरे आफ्नो सरकारी जागिर (शिक्षण पेसालाई) त्यागेर आफ्नो र सन्तानको उज्ज्वल भविष्यको सपना बोकी सहर पसे र उनी २०५८ सालमा रियल स्टेटमा प्रवेश गरे। नवराजले २०६४ सालमा प्राइम कमर्सियल बैंक, सनराइज बैंक जस्ता सेक्टरमा आइपीओ भर्दै नयाँ नयाँ अनुभव बटुल्दै सेकेण्डरी मार्केट प्रवेश गरेको हुन्।

घिमिरेका अनुसार धेरै सेक्टरमा हात हाल्ने भन्दा पनि केहि महत्वपूर्ण र उपयुक्त सेक्टर पहिचान गरि सेयर मार्केटमा लगानी गर्दा फाइदा हुन्छ । लगानीका लागि सबैभन्दा बढी प्रतिफल दिनसक्ने सेक्टर हेर्दा उनी एउटा हिन्दी उखान याद गर्दै भन्छन ‘थोडा खाना बनारस रहना’ भनेजस्तै अहिले बैंक तथा वित्तिय संस्था नै बेस्ट छ।
१. कमर्सियल बैंक,
२.विकाश बैंक,
३. फाइनान्स,
४.इन्सुरेन्स,
५.उत्पादन क्षेत्र

रियल स्टेटमा भने २०५८ सालमा आनाको ७०/८० हजारमा पाइने जग्गा अहिले भाउ ७० देखि ८० लाख आना पुगेको उनी बताउँछन्। बूढानीलकण्ठ आसपास र अर्को इमाडोल साइडमा लगानी गर्दा भविष्यमा राम्रो प्रतिफल दिने घिमिरे बताउँछन्।

सेयर बजारको घट्दो अवस्थाको बारेमा बताउनु पर्दा अहिलेका अर्थमन्त्री वर्षमान पुनले जुन दिन अर्थमन्त्री भए सोहि दिन ढुक्क भएर लगानी गर्दा हुने र अबको सेयरबजार राम्रो हुने आश्वाशन दिए र पछि सेयर बजारको कुरामा खासै चासो नदिएका कारण लगानीकर्ताको अर्थमन्त्री प्रतिको विश्वास हराएको उनी बताउँछन्। साथै अहिलेको राजनीतिको वारपार भए पश्चात नयाँ सरकार स्थापित भए संगै सेयर बजार पनि उक्सिन सक्ने उनको धारणा छ।

AdvertisementAds

नवराजका बिचारमा सेयर बजार र रियल स्टेटमा घर जग्गाको लगानी बाट बढी मुनाफा कमाउन सकिन्छ। अन्त्यमा,उनले सेयर बजारमा लगानी गर्दा राम्रो अध्ययन गर्नुपर्ने, अनुभवी पाका लगानीकर्ताको विचार बुझेर त्यसपछि आफैले उचित विश्लेषण गरी लगानी गर्न सल्लाह दिन्छन्। त्यस्तै रियल स्टेटको कुरामा उनी भन्छन्, ‘सकेसम्म सेलर र बाएर डाइरेक्ट्ली भेट्ने कोसिस गर्नु जसले गर्दा बिचका व्यक्तिहरुद्वारा ठगिन बाट बच्न सकिन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स