गोजीमा राजीनामा पत्र बोक्नु रास्वपाको पहिचान हो: प्रधानमन्त्री प्रचण्ड

गोजीमा राजीनामा पत्र बोक्नु रास्वपाको पहिचान हो: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोजीमा राजीनामा बोकेर हिँड्नु रास्वपाको पहिचान भएको बताएका छन् ।

हालै रास्वपाबाट खेलकुद मन्त्री भएका विराजभक्त श्रेष्ठले राजीनामापत्रमा हस्ताक्षर गर्न मात्रै बाँकी रहेको बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्ता समीकरणमा कुनै उथलपुथल नहुने दाबी गरेका छन् । सोमबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले वर्तमान गठबन्धन राम्रैसँग अघि बढ्ने बताएका हुन् ।

रास्वपाका नेताहरूले राजीनामा गोजीमा राखेर हिँडेको भन्नेबारे पत्रकारले सोधेको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले गोजीमा राजीनामापत्र बोक्नु रास्वपाको पहिचान नै भएको बताएका छन् ।

‘त्यो त रविजीले सुरूमै भन्नुहुन्थ्यो नी, हामी त्यस्ता हौं भनेर । त्यो चाहीँ अब आफ्नो पहिचानको निम्ति पनि उहाँहरूलाई भन्नुपर्ने आवश्यकता होला,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘तर मैले बुझेकोमा त्यस्तो केही पनि छैन ।’

रास्वपाका केही मन्त्रीहरूले सरकारलाई दिएको समर्थनबारे सोच्नुपर्ने बेला भएको बताउँदै आएका थिए ।

त्यस्तै तपाईंले उथलपुगल गर्ने बेला त भएको छैन नि ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘भा छैन । यो जान्छ, राम्रैसँग जान्छ । बाहिर कतिपय सन्दर्भमा मिडियामा आउने र्‍युमरहरूमा कुनै सत्यता छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स