काठमाडौंको खानेपानी समस्या मेरो कार्यकालमै समाधान गर्नेछु – मन्त्री यादव

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक १२ गते
काठमाडौंको खानेपानी समस्या मेरो कार्यकालमै समाधान गर्नेछु – मन्त्री यादव

खानेपानीमन्त्री प्रदीप यादवले आफ्नो कार्यकालमा काठमाडौं उपत्यकाको पानी समस्या समाधान गर्ने दृढ प्रतिबद्धता जनाएका छन्। आइतबार राति काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले हाल उपत्यकामा ५१ करोड लिटर पानीको दैनिक माग रहेको उल्लेख गर्दै यो आवश्यकतालाई सम्बोधन गर्न विभिन्न योजनामा मन्त्रालय सक्रिय रहेको जानकारी दिए।

उपत्यकाको पानी समस्या दीर्घकालीन रूपमा समाधान गर्न मन्त्रालयले विविध योजना बनाइरहेको उनले बताए। हालै मात्र २५ करोड ५० लाख लिटर पानी प्रशोधन क्षमता भएको प्लान्ट निर्माणका लागि सुन्दरीजलमा टेन्डर प्रक्रिया अघि बढाइएको उनले खुलासा गरे।

त्यसैगरी, शिवपुरी राष्ट्रिय निकुञ्जका साना मुहानहरूबाट काठमाडौंमा पानी पथान्तरण गर्न केही रकम खर्च गरी योजना अघि बढिरहेको उनले जानकारी दिए। मन्त्री यादवका अनुसार मन्त्रालयले काठमाडौंवासीलाई वर्षभरि नै पानी आपूर्ति गर्न कार्यरत छ।

प्राविधिक समस्याका कारण केही चुनौती रहे पनि नीति र नियम संशोधन गर्दै मन्त्रालयले निरन्तर अगाडि बढिरहेको मन्त्री यादवले बताए। साथै, सिस्नेरीबाट काठमाडौंमा पानी ल्याउने योजना पनि निकट भविष्यमै कार्यान्वयनमा ल्याउने तयारी भइरहेको जानकारी दिए।

अन्त्यमा, उनले हालको सरकार बलियो र दिगो भएकाले यी योजनाहरूलाई पूरा गर्न सजिलो हुने विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स