कोपा अमेरिकाको दोस्रो सेमिफाइनलमा भोली बिहान उरुग्वे र कोलम्बियाबीच खेल हुदै छ । यो खेल नेपाली समय अनुसार भोलि बिहान ५: ४५ बजेदेखि शुरु हुदैछ ।उरुग्वेले क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुट आउटमा ४-२ गोल अन्तरले पराजित गरेर सेमिफाइनलमा पुगेको हो । त्यस्तै ,कोलम्बियाले क्वाटरफाइनलमा पानामालाई ५-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
उरुग्वेले अहिलेसम्म १५ पटक कोपा अमेरिकाको उपाधि जितेर सबैभन्दा बढी पटक उपाधि जित्नेमा अर्जेन्टिनासँगै शिर्ष स्थानमा रहेको छ । उरुग्वे ६ पटक उपविजेता बनेको छ भने ९ पटक तेस्रो स्थान हासिल गरेको छ । त्यस्तै, कोलम्बियाले भने अहिलेसम्म एक पटक मात्र कोपाको उपाधि जितेको छ ।










![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)



प्रतिकृया