दुई साताभित्रै कुखुराको अन्डाको भाउ घटेको छ। १३ भदौमा घटेको मूल्य फेरि २९ भदौमा घटाइएको हो। अन्डा उत्पादन बढेसँगै मूल्य घटेको जनाइएको छ।
यसअघि १३ भदौमा सबैभन्दा ठूलो (एक्सएल) अन्डाको भाउ प्रति क्रेट ५२५ रुपैयाँ, ठूलो (लार्ज) प्रति क्रेट ५१० रुपैयाँ, र मध्यम अन्डाको मूल्य ४३५ रुपैयाँ प्रति क्रेट थियो।
अब सबैभन्दा ठूलो (एक्सएल) अन्डाको मूल्य प्रति क्रेट ४६० रुपैयाँ, ठूलो (लार्ज) प्रति क्रेट ४३० रुपैयाँ, र मध्यम साइजको अन्डाको मूल्य ४०० रुपैयाँ प्रति क्रेट निर्धारण गरिएको छ।
अन्डा उत्पादन बढेकाले मूल्य घटेको र नयाँ दर चितवनको फार्मलाई आधार मानेर तय गरिएको हो। माउ कुखुरा बिक्री नहुँदा र नयाँ चल्लाहरू हुर्किएपछि अन्डा उत्पादनमा वृद्धि भएको बताइएको छ।








![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-768x432.jpg)



![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)


![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-150x150.jpg)



प्रतिकृया