कास्की अदालतको आदेश: रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राखिने

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ९ गते
कास्की अदालतको आदेश: रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राखिने
AdvertisementAds

कास्की जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। म्याद थपको लागि आज अदालतमा उपस्थित गरिएका लामिछानेलाई भीमलाल बेलबासेको इजलासले १५ दिनको म्याद थप्ने निर्णय गरेको हो।

यसअघि कार्तिक २५ मा थपिएको १३ दिने म्याद सकिएपछि आज पुनः लामिछानेलाई अदालतमा उपस्थित गराइएको थियो।

लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ। उनलाई पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गर्ने आरोप लागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स