काठमाडौँ वरपर कहाँ कहाँ पाईन्छ सस्तोमा राम्रो जग्गा ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार ११ गते
AdvertisementAds

बजारको चिरफारले ‘द नेक्स्ट जेनेरेसन’ नामको नयाँ कार्यक्रम प्रस्तुत गरेको छ। यो कार्यक्रममा सेयर बजार, रियल स्टेट, सोसल मिडिया, आई. टी, विभिन्न व्यापार व्यवसाय लगायतका क्षेत्रहरुमा संघर्षरत युवा पुस्ताका ‘एमर्जिंग लिडर’ हरुसंग कुराकानी गर्ने गरिन्छ।

द नेक्स्ट जेनेरेसनको दोस्रो एपिसोडमा उमेरले भर्खरै २४ टेकेकी सारा सेवामा आवद्द बिनिता बस्नेत संग कुराकानी गरेका छौं। सारा सेवा सुरु भएको ५ बर्ष पूरा भयो। घरजग्गाको व्यवसाय सम्बन्धमा सारा सेवाको छुट्टै किसिमको भिजन रहेको छ। बिनिताले सामाजिक संजाल मार्फत घर,जग्गा खरिद बिक्रि सम्बन्धी ग्राहकलाई आकर्षित गर्ने ढंगले कन्टेन्ट निर्माण गर्छिन। इटहरीमा जन्मेकी उनी अहिले काठमाडौँमा साइन्स बिषयमा मास्टर्स गर्दैछिन।

रियल स्टेटको कारोबार घटेको भन्ने प्रश्नमा उनी भन्छिन, “अहिले रियल स्टेटमा कारोबार घटेको भन्न मिल्दैन तर केहि हद सम्म कारोबार भने स्थिर भएको हुन सक्छ।” बिनिताका अनुसार अहिले रियल स्टेटमा कारोबार घटेको छैन। आर्थिक समस्यामा रहेका व्यक्तिहरुले केहि घटाएर बेचेको भएपनि समग्रमा घर जग्गाको मूल्य पनि नघटेको उनी बताउँछिन।

बिनिताका अनुसार सबैभन्दा कम बजेटमा खरिद गर्न उपयुक्त काठमाडौँ उपत्यकामा सुन्दर ठाउँहरु लेले साइड रहेको छ जहाँ हावा पानी देखि पूर्वाधारहरु पनि राम्रो रहेको छ। लेले साइडमा मात्र ८ देखि १० लाख आनामा जग्गा पाइन्छ, त्यस्तै भक्तपुरको नगरकोट क्षेत्रमा जग्गा आनाको ५ देखि ६ लाख सम्ममा पाइन्छ।

बिनिता भन्छिन, ”काठमाडौँ क्षेत्रमा लागतको आधारमा जग्गा किनेर आफैले घर बनाउनु भन्दा अरुले बनाएको घर किन्नु फाइदा हुन्छ।” जसका लागि हामीले जग्गा घर खरिद गर्दा निम्न कुरामा ध्यान दिनु पर्छ:
१.जग्गा किन्नु अघि मापदण्ड पुरा भए नभएको,
२.कानुनी स्थिति हेर्नुपर्ने,
३.घर,जग्गा प्रयोजनको माइन्डसेट बनाउने,
४. घर बनाउदा प्रयोग भएका कच्चा पदार्थको जानकारी लिने,
५.प्राकृतिक प्रकोपको असरका बारेमा जांच गर्ने।

AdvertisementAds

#bajarkochirfar #bazarkochirfar

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स