काठमाडौं महानगरपालिकाले हेभी ड्राइभर पदका लागि अनलाइन आवेदन मागेको छ ।
महानगरपालिकाले ६ महिने करार सेवामा पदपूर्ति गर्न ३० जना हेभी ड्राइभर पदमा आवेदन खुलाएको हो । साथै, आवश्यकताअनुसार थपसमेत गर्न सकिने बताइएको छ ।
इच्छुक र योग्य उम्मेदवारले साउन १६ गतेसम्म र दोब्बर दस्तुर तिरी साउन २३ गतेसम्म आवेदन दिन सक्नेछन् । सो पदका लागि साधारण लेखपढ गर्न जान्ने हुनुपर्नेछ । साथै, दरखास्त दिने अन्तिम दिनसम्म उम्मेदवार २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने विज्ञापनमा उल्लेख गरिएको छ ।


प्रतिकृया