कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार १८ गते
AdvertisementAds
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने
AdvertisementAds

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि असार १९ गते बस्ने भएको छ ।

सभापति शेरबहादुर देउवाको निवास, बूढानीलकण्ठमा बिहान ९ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक विकासक्रम बारे छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । सङ्घीय संसद्का दुई ठूला दल कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सत्ता समीकरणका लागि सोमबार सहमति गरेका हुन् ।

दुई दलबीच संविधान संशोधनलगायत ‘एजेन्डा’ सहित राष्ट्रिय सहमतिको सरकार बनाउन सहमति भएको छ । लामो छलफल र गृहकार्यपछि नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता साझेदारी गर्नेसम्बन्धी सहमतिपत्रमा गएराति हस्ताक्षर भएको हो । सहमतिपत्रमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेका छन् ।

#BajarkoChirfar #bazaarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स