उत्तर कोरियाबाट फोहोरले भरिएका बेलुन दक्षिणतर्फ पठाइएको दक्षिण कोरियाको दावी

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ १६ गते
उत्तर कोरियाबाट फोहोरले भरिएका बेलुन दक्षिणतर्फ पठाइएको दक्षिण कोरियाको दावी
AdvertisementAds

उत्तर कोरियाले शौचलयमा प्रयोग हुने पेपर (ट्वइलेट पेपर) र जनावरको मलजस्तो देखिने फोहोरले भरिएका बेलुनहरू दक्षिण कोरियामा पठाएको स्थानीय सञ्चारमाध्यमहरूले बुधबार जनाएका छन् । सियोलको सेनाले प्योङयाङको यस तुच्छ कार्यको निन्दा गरेको छ ।

उत्तर कोरियाले यस सप्ताहन्तमा सियोलसँग बदला लिन सीमावर्ती क्षेत्रहरूमा फोहोरको वर्षा गर्ने चेतावनी दिएपछि फोहोरले भरिएको र संदिग्ध मलमूत्रले भरिएका सेतो बेलुनको व्यापक तस्बिरहरू दक्षिण कोरियाली सञ्चारमाध्यमले सार्वजनिक गरेका थिए ।

“उत्तर कोरियाली प्रचारका लागि पठाइएका हुनसक्ने पर्चा र अज्ञात वस्तुहरू ग्योन्गी–गाङवोन सीमा क्षेत्रमा पहिचान गरिएको छ र सेनाले अनुसन्धान गरिरहेको छ,” सियोलका सेना प्रमुखले भने ।

“नागरिकहरू बाहिरी गतिविधिहरूबाट टाढा रहन, कुनै पनि अज्ञात वस्तुहरूको सम्पर्कमा नआउन र यस्ता घटनाबारे नजिकको सैन्य आधार वा प्रहरी कार्यालयलाई जानकारी दिन भनिएको दक्षिण कोरियाली अधिकारीबाट एएफपीले प्राप्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “उत्तर कोरियाको यसप्रकारका कार्यहरूले स्पष्ट रूपमा अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्दछ र हाम्रा जनताको सुरक्षालाई गम्भीर खतरा पुर्याउछ, केही बेलुनहरूमा फोहोरजस्तो देखिने वस्तु रहेको र सेनाले जाँच गरिरहेको छ । हामी उत्तर कोरियालाई आफ्नो अमानवीय र निम्न–वर्गका कार्यहरू तुरुन्तै रोक्न कडा चेतावनी दिन्छौं ।”

AdvertisementAds

कहिलेकाहीँ दक्षिण कोरियालीहरूले पनि किम जोङ–उन शासन विरोधी प्रचारका लागि पर्चा र उत्तरी सिमानामा बस्ने मानिसहरूका लागि पैसा राखिएका बेलुनहरू उत्तरतर्फ छोड्ने गरेका थिए । प्योङयाङ सम्भवतः कडा रूपमा नियन्त्रित समाजमा बाहिरी जानकारीको आगमनले किम शासनका लागि खतरा निम्त्याउन सक्छ भन्ने चिन्ताको कारण लामो समयदेखि दक्षिणको यस्तो प्रचार अभियानहरूबाट क्रोधित भएको र केही समय पहिल बदला लिने चेतावनीे दिएको थियो ।

रक्षा उपमन्त्री किम काङ् इलले आइतबार एक विज्ञप्तिमा भने, “सीमा क्षेत्रहरू नजिकै आरओकेद्वारा बारम्बार पर्चाहरू र अन्य फोहोर छरेको बदलामा यस्तै कारबाही गरिनेछ । फोहोर चाँडै सीमा क्षेत्र र दक्षिण कोरियाको भित्री भागमा छरिनेछ र तिनीहरूलाई हटाउन कति मेहेनत आवश्यक छ भन्ने प्रत्यक्ष अनुभव हुनेछ ।”

सन् १९५०–५३ को कोरियाली युद्ध अन्त्यका लागि गरिएको युद्धविराम समाप्त भएदेखि दुवै राष्ट्रहरू प्राविधिक रूपमा युद्धमा छन् ।

#bajarkochirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स