नेपालको अग्रणी डिजिटल वालेट कम्पनी ईसेवाले देशभर १५० जना कर्मचारी आवश्यक रहेको जानकारी दिएको छ।कम्पनीले प्रकाशित गरेको सूचनाअनुसार, नेपालका विभिन्न प्रदेशहरूमा रहेका खाली पदहरूमा योग्य उम्मेदवारहरूबाट आवेदन माग गरिएको छ।
प्रदेशअनुसार माग गरिएको बजार प्रतिनिधिहरूको संख्या यस प्रकार रहेको छ:
- बागमती प्रदेश: ३६ जना
- लुम्बिनी प्रदेश: २५ जना
- कोशी प्रदेश: २४ जना
- गण्डकी प्रदेश: २१ जना
- मधेश प्रदेश: १७ जना
- कर्णाली प्रदेश: १४ जना
- सुदूरपश्चिम प्रदेश: १३ जना
ईसेवाले इच्छुक उम्मेदवारहरूलाई सम्बन्धित जिल्लाको नाम उल्लेख गरी आफ्नो सिभी [email protected] मा इमेल गर्न अनुरोध गरेको छ।















प्रतिकृया