पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेले आफूलाई सहकारी रकम अपचलन मुद्दामा राजनीतिकरण गरी अन्याय गरिएको दाबी गरेका छन्।
कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा पेश गरिएको आफ्नो धारणा राख्दै उनले सहकारी पीडितको हितमा काम गरेको भए पनि राजनीतिक प्रतिसोधका कारण थुनामा राखिएको बताएका छन्।
रविले आफ्नो सार्वजनिक जीवन सधैँ पारदर्शी रहेको र सहकारी समस्याको समाधानका लागि फास्ट ट्रयाक अध्यादेशमार्फत पहल गरेको जिकिर गरे। उनले देशभर मुद्दा दायर गरी आफूलाई झन् थकाइ र तनाव दिइएको गुनासो पनि गरे।
न्यायाधीशले यो अनुसन्धानको चरण भएकाले दोषी वा निर्दोष ठहर गर्ने अवस्था नभएको भन्दै अनुसन्धान प्रक्रियालाई सहयोग गर्न रविलाई निर्देशन दिएका छन्। अदालतले उनलाई थप १५ दिन हिरासतमा राख्न अनुमति प्रदान गर्दै अन्य जिल्लामा पनि मुद्दा प्रक्रियाको सामना गर्नुपर्ने जानकारी दिएको छ।


















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया