इजरायली सेनाद्वारा गाजाबाट इजिप्ट जाने सीमा नियन्त्रण

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ १७ गते
इजरायली सेनाद्वारा गाजाबाट इजिप्ट जाने सीमा नियन्त्रण
AdvertisementAds

इजरायली सुरक्षा बलले गाजा हुँदै इजिप्टतर्फ जाने सीमा क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

सम्पूर्ण गाजा क्षेत्र आफ्नो सुरक्षा नियन्त्रणमा रहेको र हालसम्म इजिप्टको सिनाई जाने २० वटा सुरङ्गहरू फेला परेको जनाएको छ ।

सीमाको छेउमा रहेको इजरायलले गाजा पट्टीबाट अलग भएपछि सन् २००६ मा हतियार तस्करी रोक्नका लागि सिर्जना गरिएको मध्यवर्ती क्षेत्रको १४ किलोमिटर जमिनलाई ‘फिलाडेल्फी कोरिडोर’ भनेर चिनिन्छ । यो क्षेत्रलाई सन् २००७ मा हमासले प्यालेस्टिनी प्राधिकरणबाट कब्जामा लिएको थियो ।

भूमध्यसागरीय तट नजिकैको एक भाग बाहेक अधिकांश कोरिडोरमा सैनिकहरू भौतिक रूपमा उपस्थित रहेको सेनाले जनाएको छ । निगरानी र फायर पावरद्वारा नियन्त्रित छ ।

सेनाले सीमापारका केही सुरङ्गहरू रहेको जानकारी पाएको जनाउदै कोरिडोर क्षेत्रका ८२ वटा अन्य मार्गहरू पनि नष्ट हुने जनाएको छ ।

AdvertisementAds

आईडीएफले राजनीतिक रूपमा संवेदनशील क्षेत्रमा हमासले राखेका दर्जनौँ रकेट लन्चरहरू फेला पारेको छ । सन् १९७८ मा हस्ताक्षर गरिएको क्याम्प डेभिड सम्झौताका सर्तअन्तर्गत सीमा प्राविधिक रूपमा सैनिकरहित क्षेत्र हो ।

इजरायलले मे ७ मा इजिप्टसँगको रफाह सीमाको प्यालेस्टिनी क्षेत्र र अधिकांश सिमानाको नियन्त्रण लिएको थियो ।

अक्टोबर ७ मा गाजा सीमा नजिकै इजरायली समुदायहरूमा हमासको आक्रमणमा एकै पटक कम्तिमा एक हजार २०० व्यक्ति मारिएको थियो भने २५२ व्यक्तिलाई बन्धक बनाइएको थियो ।

#bajarkochirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स