श्रम अभावलाई सम्बोधन गर्न, इजरायली अधिकारीहरूले कृषि, उद्योग, होटल र रेस्टुरेन्टमा रोजगारीका लागि ९२ हजार विदेशी कामदारहरूको कोटा स्वीकृत गरेको प्रधानमन्त्री कार्यालयले मङ्गलबार घोषणा गरेको छ । इजरायलले रेस्टुरेन्ट उद्योगका लागि विदेशी कामदारलाई अनुमति दिएको यो पहिलो पटक हो ।
योजना अन्तर्गत विशेष गरी कृषि मजदुरहरूका लागि ७० प्रतिशत कोटा छुट्याइएको छ । इजरायली कृषिले उत्पादन र श्रमशक्तिमा आश्चर्यजनक नोक्सानको सामना गरिरहेको छ ।
अक्टोबर–७ अघि, इजरायलमा २९ हजार नौ सय विदेशीहरू रहेकोमा प्रायः खेत बगैँचा ग्रीनहाउस र प्याकिङ प्लान्टहरूमा काम गरिरहेका थिए ।
खाली ठाउँहरू भर्ने इजरायली कामदारहरूलाई सैन्य आरक्षित कर्तव्यका लागि बोलाइएको छ । प्यालेस्टिनी मजदुरहरूलाई हाल सुरक्षा जोखिमका रूपमा प्रतिबन्ध लगाइएको छ ।
धेरैजसो यस्ता क्षेत्रहरू लेबनानको सिमानाको दुई किलोमिटरभित्र छन् जहाँ किसानले स्वतन्त्र रूपमा खेत र बगैँचामा काम गर्नेगर्छन् ।
विदेशी कामदारले उद्योग तथा होटलमा श्रम आपुर्ति गर्ने योजनामा सुरुमा दुई हजार मानिसहरूले पहिलो पटक रेस्टुरेन्टमा काम गर्नेछन् ।
#bajarkochirfar #baazarkochirfar















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)

प्रतिकृया