instainsta

आज सेयरबजार र बैंकिङ कारोबार बन्द, भोलिदेखि नियमित खुल्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ३ गते
आज सेयरबजार र बैंकिङ कारोबार बन्द, भोलिदेखि नियमित खुल्ने
AdvertisementAds

सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा आज सोमबार शोक बिदा दिने निर्णय गरेको छ। जसको कारणले आज सेयरबजार, बैंक तथा वित्तीय संस्था, सम्पूर्ण सरकारी कार्यालय र विद्यालय बन्द रहने निर्णय भएको हो। यी सेवा भोलिदेखि भने नियमित समय अनुसार खुल्नेछन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले स्वदेश तथा विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय पनि गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए। सरकारले ढुंगानाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।

पूर्वसभामुख ढुंगानाको आइतबार दिउँसो २ बजे काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स