उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउँदै देशमा आर्थिक र सामाजिक रुपान्तरण गर्ने अभियान थालेको बताएका छन् ।
आइतबार लेखापरीक्षकहरुको संस्था नेपाल अडिटर्स एशोसियन (अडान) को १९ औं स्थापना दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा उनले जनतामा छाएको निराशा चिर्ने र आशा जगाउने कुरामा सरकारको विशेष ध्यान रहेको बताएका हुन् ।
उनले भनेका छन्, “अहिले सरकारले जनतामा छाएको निरासा चिर्ने र आशा जगाउने दुई वटा कुरामा विशेष ध्यान दिएको छ । सरकारको यो नै महत्वपूर्ण कार्यभार र ठम्याई हो भन्ने छ । हामीले सात दशक लामो संघर्ष गरेर व्यवस्था बदल्यौं । संविधान बनायौं । संविधानमा सम्पूर्ण जनताका अधिकारलाई समावेश गराइएको छ । दुनियाँका कुनैपनि लोकतान्त्रिक मुलुकहरुको संविधानसँग तुलना गर्दा हाम्रो संविधान अगाडि नै छ । संविधानमा उल्लेख नागरिकका अधिकार जनताले उपयोग गर्ने परिस्थिति बन्न बाँकी छ । त्यसकारण यो सरकार अब सामाजिक र आर्थिक रुपान्तरमा लाग्नुपर्छ भन्ने मिसनमा केन्द्रीत छ ।”







![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?fit=640%2C360&ssl=1)






![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)


प्रतिकृया