अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ। जेठ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार ६ गते ताम्राकार पार्टी भेन्यु, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो।
सभामा कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन् । सभाले गत आवको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।
कम्पनीले अन्य कुनै ‘घ’ वर्गको लघुवित्त कम्पनीसँग मर्जरको प्रक्रिया अघि बढाउन उपयुक्त देखिएमा सोका लागि समिति गठन गर्ने, मूल्याङ्कनकर्ताको नियुक्ती गर्ने तथा मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर गर्न तथा प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न अख्तियारी प्रदान गर्नेजस्ता प्रस्ताव रहेका छन् ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २१ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार जेठ २० गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन ।






![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-768x432.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)






![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया