अब हवाई भाडा टिकटमा २० प्रतिशत भन्दा बढी नाफा लिए कम्पनीहरूलाई कडा कारबाही हुने

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ६ गते
अब हवाई भाडा टिकटमा २० प्रतिशत भन्दा बढी नाफा लिए कम्पनीहरूलाई कडा कारबाही हुने

नेपाल नागरिक उड्डयन प्राधिकरणले विदेशी वायुसेवा कम्पनीहरूलाई हवाई भाडा अस्वाभाविक रूपमा वृद्धि गरेको भन्दै कडा नियमनको तयारी गरेको छ। यात्रुबाट ठगीको गुनासो बढेपछि प्राधिकरणले लागतको २० प्रतिशत नाफाभन्दा बढी राख्न नपाउने नीतिको मस्यौदा तयार पारेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २३ कात्तिकदेखि दैनिक १० घण्टा बन्द हुँदा उडान कटौती भएको मौका छोपेर हवाई भाडा अचाक्ली बढाइएको प्राधिकरणले जनाएको छ। वायुसेवा कम्पनीका कन्ट्री म्यानेजर र स्थानीय ट्राभल एजेन्सी मिलेमतोमा कालोबजारी भइरहेको ठहर गरिएको छ।

२४ घण्टे निर्देशन

पर्यटनमन्त्री बद्री पाण्डेले वायुसेवा कम्पनीहरूलाई २४ घण्टाभित्र हवाई भाडा विवरण उपलब्ध गराउन निर्देशन दिएका छन्। उनले चर्को भाडाले नागरिक मर्कामा परेको र एयरलाइन्सले राज्य र नागरिकप्रति गैरजिम्मेवार व्यवहार देखाएको आरोप लगाए।

मन्त्रालयले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएकोमा ध्यानाकर्षण गराउँदै, भाडा वृद्धि पुनर्विचार नगरे कडा कदम चालिने चेतावनी दिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स