अपि पावर कम्पनी लिमिटेडले स्वतन्त्र संचालकको रुपमा मिलन खड्कालाई नियुक्त गरेको छ।
कार्तिक २५ गते बसेको संचालक समितिको बैठकले रिक्त स्वतन्त्र संचालक पदमा खड्कालाई नियुक्त गर्ने निर्णय गरेको हो। उर्जा क्षेत्रमा एक दशकभन्दा लामो अनुभव भएका खड्का युवा उद्यमी र सेयर बजारका सक्रिय लगानीकर्ता पनि हुन्।
बैठकले विभिन्न कमिटीहरू पनि गठन गरेको छ, जसअनुसार अडिट कमिटीको संयोजक मधुसुदन कोइराला, मानव संसाधन कमिटीको संयोजक द्वारिका प्रसाद न्यौपाने, र जोखिम व्यवस्थापन कमिटीको संयोजक मिलन खड्कालाई बनाइएको छ।















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया