भारतको बजार नियामक संस्था सेबीले उद्योगपति अनिल अम्बानीसहित रिलायन्स होम फाइनान्सका पूर्व प्रमुख अधिकारी लगायत २४ संस्थाहरूलाई ५ वर्षका लागि धितोपत्र बजारबाट प्रतिबन्ध लगाएको छ। कम्पनीबाट कोष विचलन गरेको आरोपमा सेबीले अम्बानीलाई २५ करोड रुपैयाँ जरिवाना तिराएको छ र कुनै पनि सूचीकृत कम्पनीमा निर्देशक वा प्रमुख प्रबन्धकीय कर्मचारी को रूपमा संलग्न हुन रोक लगाएको छ।
यसैगरी, नियामकले रिलायन्स होम फाइनान्सलाई ६ महिनाका लागि धितोपत्र बजारबाट प्रतिबन्ध लगाएको छ र ६ लाख रुपैयाँ जरिवाना तिराएको छ। सेबीले अनिल अम्बानीले रिलायन्स होम फाइनान्सका प्रमुख कर्मचारीहरूको सहयोगमा रिलायन्स होम फाइनान्सको पैसा ऋणको रूपमा देखाएर आफ्ना कम्पनीहरूमा लगानी गरेको फेला पारेको छ।











![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-768x403.png)







![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-150x150.png)

प्रतिकृया