अध्ययन भन्छ: अन्य उमेर समूहको तुलनामा नेपाली युवाहरु बढी खुसी

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ १४ गते
अध्ययन भन्छ: अन्य उमेर समूहको तुलनामा नेपाली युवाहरु बढी खुसी
AdvertisementAds

अक्स्फोर्ड वेलबिइङ्ग रिसर्च सेन्टरले प्रकाशीत गर्ने वर्ल्ड ह्याप्पिनेस रिपोर्ट – २०२४ मा अन्य उमेर समूहका नेपालीहरूको तुलनामा युवाहरु बढी खुसी देखिएको छ।

रिपोर्टका अनुशार ३० वर्ष भन्दा कम उमेरका नेपालीहरु सबैभन्दा खुसी र ४५-६० वर्ष बीचका नेपालीहरु सबैभन्दा दुःखी देखिन्छन् । विश्वका १४३ देश समावेस गरी खुसी मापन गरिएको प्रकाशन गरिएको रिपोर्टमा नेपाल ९३ औँ स्थानमा छ। 

२०२१ देखि २०२३ बिच विश्वका १४३ राष्ट्रका १ लाख बढी व्यक्तिलाई लिएर गरिएको ‘ज्ञालअप वर्ल्ड पुल सर्भे’को आधारमा यो तथ्याङ्क सार्वजनिक गरिएको हो। रिपोर्टमा सहभागीहरूलाई चार उमेर समूहमा विभाजन गरी अध्ययन गरिएको थियो। 

१४३ राष्ट्रहरूका सोही उमेरका व्यक्तिहरूको तुलनामा ३० वर्ष मुनिका नेपालीहरु ९२ औँ, ३०-४४ वर्ष उमेर समूहका नेपालीहरु १०१ औँ, ४५-५९ वर्ष उमेर समूहका ९३ औँ र ६० वर्ष उमेर बढीका नेपालीहरु ७६ औँ स्थानमा छन्। 

पुरा रिपोर्ट:

AdvertisementAds

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स