वाणिज्य बैंकहरूले भोली असोज १ देखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये ९ वटाले व्यक्तिगत मुद्धती निक्षेपको ब्याज दर घटाएका छन् भने २ वटाले बढाएका छन्। बाँकी ९ वटाले भने भदौको तुलनामा ब्याज दर यथावत राखेका छन्। ब्याज दर घटाउने बैंकहरूमा एनएमबी बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, नेपाल एसबीआई बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक, एभरेस्ट बैंक, र राष्ट्रिय वाणिज्य बैंक रहेका छन्। यता, कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडले ब्याज दर बढाएका छन्।
असोज महिनाका लागि व्यक्तिगत मुद्धती निक्षेपमा सबैभन्दा बढी ब्याजदर एनआईसी एशिया बैंकले ७.१८% निर्धारण गरेको छ भने सानिमा बैंकले ५.९०% मा सबैभन्दा न्यून ब्याज दर तोकेको छ।
संस्थागत मुद्धती निक्षेपमा नेपाल नेपाल बैंकले ब्याजदर बढाउँदा अन्य ११ बैंकले भने ब्याजदर घटाएका छन्। ब्याजदर घटाउनेमा एनएमबी बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, नेपाल एसबीआई बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक, एभरेस्ट बैंक, र राष्ट्रिय वाणिज्य बैंक र स्टान्डर्ड चार्टर्ड बैंक रहेका छन्।
संस्थागत मुद्धती निक्षेपमा सबैभन्दा बढी ब्याज दर एनआईसी एशिया बैंकले ६.१८% निर्धारण गरेको छ भने सानिमा बैंकले मा सबैभन्दा कम ४.३०% कायम गरेको छ।
ब्याजदर घट्दा सेयर बजारमा सकारात्मक प्रभाव देखिने विगतको ट्रेन्डलाई देखाउँछ। ब्याजदर घट्दा बैंकमा रकम राख्ने व्यक्तिहरू कम प्रतिफलका कारण अन्य क्षेत्र, विशेष गरी सेयर बजारतर्फ आकर्षित हुन सक्छन्, जहाँ प्रतिफल अपेक्षाकृत बढी हुने सम्भावना हुन्छ।
ब्याजदर घट्नाले बैंकहरूको कर्जाको लागत पनि कम हुन्छ, जसले व्यवसायहरूलाई सस्तो दरमा ऋण लिने अवसर दिन्छ। थोरै ब्याजदर हुँदा बैंकमा पैसा राखेर थोरै प्रतिफल पाउने अवस्थाका कारण लगानीकर्ताहरू बढी प्रतिफलको खोजीमा सेयर बजार लगायतका क्षेत्रतिर आकर्षित हुन्छन्। ब्याजदर घट्दा सेयर धितोमा कर्जाको पहुँच पनि सजिलो हुँदा लगानीकर्ताले सेयर बजारमा लगानी बढाउने सम्भावना रहन्छ। छोटो अवधिमा वा तत्कालै ब्याजदरको प्रभाव बजारमा नदेखिए पनि केहीसमय अवधिमा यसको प्रभाव देखिन्छ।











![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)





![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया