गत महिनामा ठूला अर्थतन्त्रहरूको सेयर बजार सकारात्मक देखिएको छ। अगस्टमा चीन र रुसको सेयरबजार घट्दा अन्य प्रमुख सेयरबजारहरू भने बढेका छन्।
गत महिनामा जापानको सेयरबजार परिसूचक JP225 २३.२४ प्रतिशतले बढ्दा बजार ३८,७६५ अंकमा पुगेको छ। जापानी सेयरबजारले अघिल्लो महिना सबैभन्दा राम्रो प्रदर्शन गरेको छ। जापानको अर्थतन्त्रमा सुधारको संकेत र सकारात्मक आर्थिक सूचकहरूले लगानीकर्ताहरूको विश्वास पुनः स्थापित गराएको अन्तर्राष्ट्रिय आर्थिक समाचार माध्यमहरुले जनाएका छन्।
भारतको प्रमुख सेयरबजार परिसूचक SENSEX ले पनि राम्रो प्रदर्शन गरेको छ। एक महिनाको अवधिमा परिसूचक ४.८५ प्रतिशतले बढ्दा सेयरबजार ८२,५३० अंकमा पुगेको छ। यस्तै, परिसूचक निफ्टी फिप्टी पनि ५.०७ प्रतिशतले बढेको छ।
यता छिमेकी देश चीनको SHANGHAI सूचकांकले भने गिरावट देखाएको छ। गत महिना परिसूचक १.७४ प्रतिशतले घट्दा बजार २,८११ अंकमा आएको छ। चिनियाँ अर्थतन्त्रको मन्दीका कारण पछिल्लो समय चिनियाँ सेयरबजार घटिरहेको छ।
अमेरिकाका प्रमुख सेयर बजार परिसूचकहरूमा पनि सकारात्मक वृद्धि देखिएको छ। सूचना प्रविधि कम्पनीहरूको वर्चस्व रहेको US100 सूचकांक ९.०९ प्रतिशत बढेर १९,५२७ अंकमा पुगेको छ, भने अमेरिकी सेयरबजारको प्रमुख मानिने परिसूचक US500 ८.६५ प्रतिशत बढ्दै ५,६३६.४१ अंकमा पुगेको छ।
युरोपेली बजारहरूमा जर्मनीको DE40 सूचकांक ८.८४ प्रतिशतले बढेर १८,८८२ अंकमा पुगेको छ भने फ्रान्सको FR40 सूचकांक ६.३६ प्रतिशतले बढ्दै ७,६०६ अंकमा पुगेको छ।
दक्षिण कोरियाको KOSPI सूचकांकले पनि उल्लेखनीय वृद्धि देखाएको छ भने, रुसको MOEX सूचकांकले सबैभन्दा ठूलो गिरावट देखाएको छ। परिसूचक ९.२२ प्रतिशतले घट्दा बजार २,५६८ अंकमा आएको छ।
तथ्याङ्क ट्रेडिङ इकोनोमिक्सबाट लिईएको।










![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-768x432.jpg)
![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)








प्रतिकृया