दशैंपछि नेप्सेमा उत्साहजनक सुधार निरन्तर, कस्तो रहला आगामी दिन?
दशैंको बिदा सकिएसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उत्साहजनक सुधार देखिएको छ। आज दशैं विदापछिको दाेस्राे कारोबार दिन नेप्से परिसूचक ४३.२२ अंकले बढेर २७४२.८८ बिन्दुमा बन्द भएको छ। बजारमा बढ्दो लगानीकर्ताको आकर्षणले गर्दा कारोबार रकम र परिसूचक दुबैमा उल्लेखनीय सुधार देखिएको हो। आजको दिनमा नेप्सेका सबै उपसमूहहरु बढेका छन्, जसमा सबैभन्दा सुधार ट्रेडिङ उपसमूहमा देखिएको छ । दिनभर ५ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। कुल ३२० कम्पनीका १ करोड ३२ लाख सेयर कारोबार भएका छन्। यस दिन सर्वाधिक कारोबार भएको कम्पनी नेपाल फाइनान्स रहेको छ।
पछिल्लो समय नेप्से परिसूचकमा निरन्तर गिरावट आएको थियो, जसले लगानीकर्तामा निराशा ल्याएको थियो। तर, दशैं बिदापछि बजारले पुनः गति लिँदै गर्दा लगानीकर्ता पनि उत्साहित देखिएका छन्। अघिल्लो दिन पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको थियो भने आजको दिन यो अंक अझै उच्च भएको छ। विश्लेषकहरुका अनुसार पनि बजारमा देखिएको सुधारले लगानीकर्तालाई पुनः सक्रिय बनाउने संकेत देखाएको छ। सेयरमूल्यहरु हाल केही समयदेखि घटिरहेको अवस्था भए पनि अहिले स्थिरतामा आउन थालेपछि ठूला लगानीकर्ताहरु बजारमा प्रवेश गर्ने सम्भावना बढेको छ। बजारमा आएको यो सकारात्मक संकेतले आगामी दिनहरुमा पनि बजार सुधार हुने सम्भावना रहेको छ।
सेयर बजारको लागि दसैँपछि सुरु भएको यो सुधारले लगानीकर्ताहरुमा आत्मविश्वास बढाएको छ जसले गर्दा कारोबार रकम र परिसूचकमा सुधार देखिन थालेको हो। विशेषगरी ठूला संस्थागत लगानीकर्ताहरुले यस्ता अवसरलाई उपयोग गर्ने अपेक्षा गरिएको छ। समग्रमा, नेप्से परिसूचकको हालको वृद्धिले बजारमा नयाँ उत्साह ल्याएको छ। आगामी दिनमा पनि यस्तो सुधार निरन्तर रहने अपेक्षा गरिएको छ, जसले सेयर बजारलाई स्थिरता दिने र थप लगानीकर्तालाई आकर्षित गर्ने सम्भावना प्रबल छ।
नेप्से ४३.२२ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयरमूल्य बढ्यो: आज नेप्से ४३.२२ अंकले बढ्दा १३० कम्पनीको सेयरमूल्य बढेको छ । आज धेरै बढ्नेमा क्रमश: विजया लघुवित्त, इस्टर्न हाईड्रोपावर, समता लघुवित्त, आत्मनिर्भर लघुवित्त, र सगरमाथा जलविद्युत कम्पनी रहेको छ।
नेप्से ४३.२२ अंकले बढ्दा सबैभन्दा बढी कसको सेयरमूल्य घट्यो: आज नेप्से ४३.२२ अंकले बढ्दा एउटा कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ भने ३५ कम्पनीहरुको सेयरमूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: अपर स्यङ्गे हाईड्रोपावर, मिड सोलु हाईड्रोपावर, मिथिला लघुवित्त मण्डू हाईड्रोपावर, उन्नती सहकार्य लघुवित्त रहेको छ।