SHAREHUBSHAREHUB

टोपी दिवस मनाउन अंग्रेजी नयाँ वर्षनै किन रोजियो?

AdvertisementAds
टोपी दिवस मनाउन अंग्रेजी नयाँ वर्षनै किन रोजियो?
AdvertisementAds

आज अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। काठमाडौंलगायत देशभर नेपाली पहिचानलाई उजागर गर्ने उद्देश्यले यो दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ।

नेपाली टोपी (ढाका टोपी र भादगाउँले टोपी)लाई राष्ट्रिय पहिचानका रूपमा प्रवर्द्धन गर्न अंग्रेजी नयाँ वर्षको पहिलो दिन यो दिवस मनाउन थालिएको हो। २०७० सालदेखि मनाउन थालिएको यो दिवसको सुरुवात केही जागरूक युवाहरूले गरेका थिए।

सदियौँदेखि नेपाली पहिचानको प्रतीकका रूपमा रहँदै आएको दौरा सुरुवाल, टोपी, र गुन्यूचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि युवाहरूले टोपी दिवसमार्फत नेपाली संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने पहल गरेका हुन्। पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको अवस्थामा नेपाली टोपीको महत्व झल्काउन यो दिवस विशेष रूपमा मनाइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स