वीरगञ्ज महानगरपालिका–११ श्रीपुर–मुर्ली चौक क्षेत्रमा युवाहरूबीच सवारी पार्किङको सामान्य विषयलाई लिएर भएको विवाद आइतबार राति झडप र ढुंगामुढामा परिणत भएपछि क्षेत्र तनावग्रस्त बनेको छ।
स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहान ९:४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ अनुसार तोकिएको चार किल्ला—पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेट—भित्र कर्फ्यु आदेश जारी गरेको छ।
कर्फ्यु अवधिभर भेला, जुलुस, प्रदर्शन तथा सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ भने अत्यावश्यक सेवाबाहेक अन्य गतिविधि बन्द गरिएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सुरक्षाकर्मी परिचालन गरी अवस्था नियन्त्रणमा लिइएको छ र घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी अनुसन्धान अघि बढाइएको छ।


प्रतिकृया