शुक्रबार राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको थियो। बाह्य अर्थतन्त्र निकै बलियो अवस्थामा रहे तापनि आन्तरिक अर्थतन्त्र चलायामन हुन नसकेको अवस्थामा राष्ट्र बैंक थप लचिलो रुपमा प्रस्तुत होला भन्ने अपेक्षा धेरैले गरेका थिए। तर, राष्ट्र बैंकले तत्कालका लागि ‘पर्ख र हेर’ को रणनीति लिएर साउनमा प्रकाशित गरिएको मौद्रिक नीतिमा व्यवस्था गरिएका नियामकीय र नीतिगत व्यवस्था हरुमा केहि पनि परिवर्तन नगरेपछि सेयर बजारमा ठूलो गिरावट आउने अधिकांश लगानीकर्ताको आंकलन विपरित बजार सकारात्मक लयमा चल्न थालेको थियो।
सुरुवातमा घटेर २७०७ को विन्दुसम्मा पुगेको नेप्से परिसूचक बढेर २७४० को आसपासमा पुगेपछि अधिकांश ब्रोकरको टिएमएसमा समस्या देखिएको हो। अधिकांश ब्रोकरको टिएमएसमा अहिले पनि डिएनए लग्ड अफ देखाईरहेको छ जसले गर्दा सेयर खरिद बिक्रि गर्न मिलिरहेको छैन।















प्रतिकृया