रास्वपाले किन माग्यो राज्य व्यवस्था समिति सभापति खतिवडाको राजीनामा ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार १७ गते
रास्वपाले किन माग्यो राज्य व्यवस्था समिति सभापति खतिवडाको राजीनामा ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कुलिङ पिरियडसम्बन्धी विषयमा भएको त्रुटिपूर्ण कार्यको जिम्मेवारी लिन माग गर्दै राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडालाई राजीनामा दिन आग्रह गरेको छ।

पार्टीका प्रवक्ता मनिष झाले सामाजिक सञ्जालमार्फत सभापति खतिवडाको आलोचना गर्दै राजीनामा माग गरेका हुन्। उनले लेखेका छन्: “राज्य व्यवस्था समितिका सभापति ज्यू, निजामती सेवा विधेयकमा तपाईंले संघीय संसद्को रोस्ट्रमबाट टेबुल गर्नुभएको मस्यौदाभन्दा फरक सामग्री कसरी प्रस्तुत भयो?” उनले थप भने: “या त यसलाई सुधार्नुस्, या त आफूले गरेको गल्ती स्वीकार गर्दै समितिबाट राजीनामा दिनुस्।”

प्रवक्ता झाले विधेयक पढ्नै नपढी समर्थन वा असहमति जनाउने सांसदप्रति पनि कटाक्ष गरेका छन्। उनले लेखेका छन्: “र, पढ्दै नपढी ‘हुन्छ’ ‘हुँदैन’ भन्नेहरूलाई त ‘कुरी कुरी’।”

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स