किन कुवेतबाट काठमाडौं आउँदै गरेको विमान आकस्मिक अवतरण गर्यो ?
कुवेतबाट काठमाडौं आउँदै गरेको हिमालयन एयरलाइन्सको विमान एक यात्रुको स्वास्थ्यमा समस्या देखिएपछि मस्कटमा आकस्मिक अवतरण गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार, यात्रुको स्वास्थ्यसम्बन्धी समस्या आएपछि विमानलाई मस्कटतर्फ मोडिएको थियो। उनले भने, “मेडिकल आपतकालीन अवस्थाका कारण मस्कटमा आकस्मिक अवतरण गरिएको जानकारी प्राप्त भएको छ। विमान अहिले नेपालतर्फ आउँदैछ, तर यात्रुको स्वास्थ्य अवस्थाबारे हालसम्म केही जानकारी आएको छैन।”