राप्रपाका उम्मेदवार भण्डारीलाई निर्वाचन आयोगले किन सोध्यो स्पष्टीकरण?

राप्रपाका उम्मेदवार भण्डारीलाई निर्वाचन आयोगले किन सोध्यो स्पष्टीकरण?

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार तथा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा आयोगले भण्डारीलाई लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो।

आयोगका अनुसार भण्डारीले निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (च) विपरीत लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई लक्षित घृणित अभिव्यक्ति दिएको तथा समाजमा भ्रम फैलाएको भन्दै उजुरी परेको थियो। सोही उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको जनाएको छ।

निर्वाचन आयोगले पठाएको पत्रमा ज्येष्ठ नागरिक, महिला, यौनिक अल्पसङ्ख्यक समुदाय तथा अपांगता भएका व्यक्तिहरूको भावना र चरित्रमा आँच पुग्ने गरी निर्वाचन प्रचारप्रसार गर्न नपाइने कानूनी व्यवस्था स्मरण गराइएको छ। साथै, उक्त अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत भए–नभएको विषयमा स्पष्ट जवाफ माग गरिएको छ।

आयोगले पत्र प्राप्त भएको मितिले तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भण्डारीलाई निर्देशन दिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स