नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर कारोबारको समयमा राफसाफ कार्य नगरेको भन्दै एप्पल सेक्युरिटिज प्रा.लि.लाई तीन कार्य दिनका लागि निलम्बन गरेको छ। नेप्सेका अनुसार सीडीएस एन्ड क्लियरिङ लिमिटेडको सिफारिसमा उक्त कारबाही गरिएको हो।
नेपालको सेयर बजारमा कारोबार सम्पन्न भएको तीन दिनभित्र खरिदकर्ताले सेयर प्राप्त गर्नुपर्ने र विक्रेताले आफ्नो रकम पाउनुपर्ने व्यवस्था छ। तर, एप्पल सेक्युरिटिजले तोकिएको समयसीमाभित्र राफसाफ तथा फछ्यौट कार्य नगरेपछि नियामक निकायको सिफारिसमा नेप्सेले निलम्बनको निर्णय लिएको हो।


प्रतिकृया