आइतबार सेयर बजार परिसूचक १९.२७ अंकले बढेर २,६७४.२० विन्दुमा बन्द भएको छ। दिनभर बजारमा कुल ५ अर्ब ६४ करोड रुपैयाँ बराबरको उच्च कारोबार भएको थियो।
तर बजार बन्द भइसकेको केही मिनेटमै प्रणालीगत समस्या देखिँदा नेप्सेको वेबसाइट र टीएमएसमा परिसूचक ८८५.३२ अंकले घटेको देखिएको थियो। नेप्सेले भने उक्त समस्या समाधान गरिरहेको जनाएको छ।



प्रतिकृया