विद्यार्थीले लेख्न थालेको ३५ मिनेटपछि किन मध्यपश्चिम विश्वविद्यालयले परीक्षा नै स्थगित गर्‍यो?

विद्यार्थीले लेख्न थालेको ३५ मिनेटपछि किन मध्यपश्चिम विश्वविद्यालयले परीक्षा नै स्थगित गर्‍यो?

मध्यपश्चिम विश्वविद्यालय (एमयू)मा प्रश्न पत्र र उत्तर पुस्तिका वितरण भई विद्यार्थीले लेख्दालेख्दै परीक्षा स्थगित भएको छ । आइतबार बिहान साढे ६ बजेबाट सुरु भएको परीक्षा सम्पन्न नहुँदै स्थगन भएको हो । ‘ग्राजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्स’अन्तर्गत स्नातक तह प्रथम र सातौँ समेष्टरको परीक्षा एक्कासी स्थगित गरिएको हो । एमयूमा चैत १८ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदैछ । सोही निर्वाचनलाई कारण देखाउँदै परीक्षा चलिरहेकै बेलामा स्थगन गरेको हो ।

आइतबार बिहानै विद्यार्थीहरू परीक्षा दिन कक्षामा पुगेका थिए । प्रश्न पत्र र उत्तर पुस्तिका पनि वितरण भई विद्यार्थीले लेख्न थालेको ३५ मिनेटपछि एक्कासी परीक्षा स्थगन भएको हो। मध्यपश्चिम विश्वविद्यालय ‘ग्राजुयट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्स’अन्तर्गत सञ्चालित सम्पूर्ण केन्द्रीय विभागका विभागीय प्रमुखहरूको आइतबार बिहान बसेको संयुक्त विभागीय बैठकले परीक्षा स्थगन गरेको जनाएको छ ।

‘‘स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिको पत्रानुसार चैत्र ३ गतेदेखि हुने भनिएको स्नातक तह प्रथम र सातौँ सेमेस्टरको मध्यवर्ती परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगन गरिएको सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ विश्वविद्यालयले जारी गरेको सूचनामा भनिएको छ ।
NOTICE https://bajarkochirfar.com/why-did-midwestern-university-postpone-the-exam-35-minutes-after-the-students-started-writing | %tags

 

 

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स