जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको आधिकारिक उम्मेदवारविरूद्ध उम्मेदवारी दिएका नेताहरूलाई निष्काशन गरेको छ।
पार्टीका संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै ६ जना प्रतिनिधि सभा सदस्यसहित कुल ८ जना नेताहरूलाई पार्टीबाट निष्काशन गरिएको जानकारी दिएका छन्।
निष्कासनमा परेका नेताहरूमा पर्साका प्रदीप यादव, बाराका कमरूल्लाह अन्सारी, नवलकिशोर सिंह, चन्दनकुमार सिंह, आत्माराम साह, सर्लाहीका उदयकान्त मिश्र, महोत्तरीका हरिनारायण यादव र डा. शिवजी यादव रहेका छन्।
आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फ, पार्टीको नीति र निर्णय विपरीत पार्टीको आधिकारिक उम्मेदवारविरूद्ध उम्मेदवारी दिने र पार्टी हित, अनुशासन तथा विधान उल्लंघन गर्ने कारणले आजैदेखि लागू हुने गरी उनीहरूलाई निष्काशन गरिएको जसपा नेपालले जनाएको छ।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया