दुई कम्पनीले संस्थापक सेयर बिक्रीमा राखेका छन् । सिद्धार्थ बैंक र नेरुडे मिर्मिरे लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेका हुन् ।
सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयरधनी नाममा रहेको ३ लाख कित्ता सेयर बिक्रीमा राखेको छ। बैंकले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र इच्छुक संस्थापक सेयरधनीले कार्यालय समयभित्र आवश्यक कागजातसहित खरिद गर्न चाहेको सेयर संख्याको विवरण खुलाई लिखित आवेदन दिन आग्रह गरेको छ।
त्यसैगरी नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि संस्थापक समूहको ४४ हजार ६२३ कित्ता सेयर बिक्रीमा राखेको छ। यसमा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिइएको छ र उनीहरूले ३५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय भक्तपुरको लोकन्थलीमा लिखित जानकारी दिनुपर्नेछ। यदि तोकिएको अवधिभित्र आवेदन नआएमा प्रचलित कानुनअनुसार सर्वसाधारणमा सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया