इजरायली हवाई हमलामा डब्ल्यू एच ओ प्रमुख बचे, तीनको मृत्यु

इजरायली हवाई हमलामा डब्ल्यू एच ओ प्रमुख बचे, तीनको मृत्यु

यमनको अन्तर्राष्ट्रिय विमानस्थलमा इजरायलले गरेको हवाई हमलाको क्रममा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस बालबाल बाँचेका छन्। उनी उक्त हमलाको बेला विमानस्थलबाट उडान भर्न तयारी अवस्थामा थिए।

यस हमलामा उनको विमानको चालक दलका एक सदस्य घाइते भएका छन् भने कम्तिमा दुई जनाको मृत्यु भएको बताइएको छ। डा. टेड्रोसले आफ्नो सामाजिक संजाल मार्फत जानकारी दिँदै भने, “हामी विमानमा चढ्न लागेका बेला विमानस्थलमा हवाई हमला भयो। हाम्रो विमानका चालक दलका एक सदस्य घाइते भएका छन्, त्यसैगरी विमानस्थलमा दुई जनाको मृत्यु भएको छ।”

डा. टेड्रोस युएन स्टाफहरुको रिहाई र यमनको स्वास्थ्य तथा मानवीय अवस्थाको मूल्यांकन गर्ने उद्देश्यले एक डब्ल्यूएचओ प्रतिनिधिमण्डलसँग यमनमा रहेका थिए। उनले सामाजिक संजाल मार्फत आक्रमणमा ज्यान गुमाएका परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्।

हुथीद्वारा सञ्चालित साबा समाचार एजेन्सीका अनुसार, विमानस्थलमा भएका हमलाहरूमा तीन जनाको मृत्यु भएको छ र  यस आक्रमणमा ४० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

Screenshot 27 12 https://bajarkochirfar.com/who-chief-survives-israeli-airstrike-three-dead | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स