सेयर बजारमा सूचीकृत नौ हाइड्रोपावर कम्पनीका ११ वटा जलविद्युत आयोजनामा क्षति पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले जनाएको छ। प्राप्त विवरण अनुसार, हालसम्म बाढी र पहिरोको कारण १८ वटा आयोजना प्रभावित भएका छन्, जसमध्ये ११ वटा आयोजना सञ्चालन गरिरहेका नौ कम्पनी नेप्सेमा सूचीकृत छन्। यी ११ आयोजनाको उत्पादन हाल पूर्ण रूपमा बन्द भएको छ।
क्षतिग्रस्त कम्पनीहरूमा हिमाल दोलखा हाइड्रोपावर, सानिमा माइ हाइड्रो, सुपरमाइ हाइड्रो, सगरमाथा जलविद्युत, माइखोला हाइड्रो, सान्भी इनर्जी, एशियन हाइड्रो, सामलिङ पावर र पञ्चकन्या माइ रहेका छन्। हिमाल दोलखा हाइड्रोपावरका माइखोला र माइखोला क्यासकेडमा क्षति पुगेको छ भने सानिमा माइको माइखोला र माइखोला क्यासकेड पनि प्रभावित भएका छन्। सुपरमाइ हाइड्रोपावरको सुपर माइ, सगरमाथा जलविद्युतको सुपरमाइ ए, माइखोला हाइड्रोको सुपरमाइ ए क्यासकेड, सान्भीको जोगमाइ खोला र जोगमाइ क्यासकेडमा पनि क्षति पुगेको छ।
त्यस्तै, एशियन हाइड्रोको तल्लो जोगमाइ, सामलिङ पावरको माइबेनी र पञ्चकन्या माइको माथिल्लो माइखोलामा क्षति भएको छ।



















प्रतिकृया