सिन्धु विकास बैंक लिमिटेडले आफ्ना केही संस्थापक सेयरधनीहरूको नाममा रहेको ७ लाख १५ हजार ६३५ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकले यसअघि उक्त सेयर आफ्नै विद्यमान संस्थापक सेयरधनीहरूलाई बिक्रीका लागि खुला गरेको थियो। तर तोकिएको अवधिभित्र आवेदन नपरेपछि अब सर्वसाधारण लगानीकर्ता, कम्पनी तथा संघ–संस्थाहरूका लागि पुनः बिक्री खुला गरिएको हो।
सेयर किन्न इच्छुकले आगामी ३५ दिनभित्र आवश्यक कागजातसहित आफूले किन्न चाहेको सेयर संख्या उल्लेख गरी बनेपास्थित बैंकको कर्पोरेट कार्यालयमा निवेदन दिनुपर्नेछ।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)






![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया