नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आजदेखि संस्थापक सेयर लिलामी प्रक्रिया सुरु गरेको छ। बैंकले जारी गरेको सूचनाअनुसार विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको जम्मा १ लाख ९३ हजार ८९४ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरिएको हो।
यो सेयर खरिदका लागि जो–सुकै व्यक्ति वा कम्पनीले आवेदन दिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ। इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन दिन चाहनेले बैंकको चितवन, टाँडीस्थित केन्द्रीय कार्यालयमा आफूले कति सेयर खरिद गर्न चाहन्छन् भन्ने विवरणसहित फाराम पेश गर्नुपर्ने हुनेछ।








![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया