ज्योति विकास बैंक लिमिटेडले आफ्ना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको छ। बैंकका अनुसार, यसअघि ती सेयर संस्थापक सेयरधनीका लागि मात्र बिक्रीमा राखिएको थियो, तर कुनै आवेदन प्राप्त नभएपछि अब अन्य व्यक्ति, कम्पनी तथा संघ–संस्था पनि खरिदका लागि आवेदन दिन सक्नेछन्।
बैंकले बिक्रीमा राखेको सेयर संख्या भने खुलाएको छैन। यसमा सेयर खरिद गर्ने व्यक्ति वा कम्पनीले पछि पनि संस्थापक समूहको हिस्सा पाउने छन्।
इच्छुक लगानीकर्ताले काठमाडौँ, कमलपोखरीमा रहेको बैंकको केन्द्रीय कार्यालयमा गएर कति सेयर खरिद गर्न चाहन्छन् भनेर उल्लेख गरी आवेदन दिनुपर्नेछ। संस्थापक सेयर खरिदको लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिन सकिने व्यवस्था गरिएको छ।








![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया