गरिमा विकास बैंक लिमिटेडले संस्थापक समूहअन्तर्गत रहेको सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ। बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको कुल ६३ हजार २०० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको जनाएको हो।
यसअघि उक्त सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीहरूलाई मात्रै प्रस्ताव गरिएको थियो। तर, सबै सेयरका लागि पर्याप्त आवेदन नपरेपछि बाँकी रहेको सेयर अब सर्वसाधारण व्यक्ति तथा कम्पनीहरूका लागि खुला गरिएको बैंकले स्पष्ट पारेको छ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ। आवेदन दिँदा आफूले खरिद गर्न चाहेको सेयर संख्याबारे स्पष्ट विवरण खुलाउनुपर्ने व्यवस्था गरिएको छ।



















प्रतिकृया